हुम्लामा नुहाउने क्रममा लडेर एकजनाको मृत्यु

कालि बहादुर थापा
हुम्ला, २ असोज (रेडियो श्रीनगर)
हुम्ला जिल्लाको ताँजाकोट १ का टेक बहादुर खड्काको खोलामा चिप्लीएर मृत्यु भएको छ । भाद्र ३१ गते दिउसो घट्ीस्न गएको अबस्थामा खोलामा नुहाउने क्रममा चिप्लीएर खोलामा खोलामा खसेका स्थानीय जगत शाहीले जानकारी दिनु भएको छ ।
बुधबार करिब २ बजे तिर खड्कालाई खोज्न ताँजाकोट गाउँपालीका,अस्थायी प्रहरी पोष्ट ताँजाकोट र मैला कवाडी चौकीले खोजी गर्ने क्रममा मृत भेटाएको थियो । वडा ं १ को काँडागाउँ घर भएका रंगलाल खड्काका छोरा २४ वर्षका टेक बहादुर खड्का गाउँबाट करीब ६ किलोमीटर टाढा घरको लागि घट्ट पिस्न गएको व्यक्ती घरमा नआएपछि आफन्तले प्रहरीलाई जानकारी दिएका थिए ।