दुई हजारभन्दा धेरै युवाहरु प्रधानमन्त्री रोजगारमा जोडिदै

ज्ञानु गौतम ।
रुकुमप पश्चिम, २६ (रेडियो चौरजहारी) । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि चौरजहारी नगरपालिकामा दुई हजारभन्दा धेरै युवाहरु सूचीकृत भएका छन् ।
चालु आर्थिक बर्षका लागि चौरजहारी नगरपालिकामा दुइ हजार चार सय १९ जना रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत भएका हुन् ।
सरकारले २०७७ साउन ८ देखि भदौ ७ गतेसम्म आफू स्थायी बसोबास रहेको स्थानीय तहको वडामा गएर इच्छुक १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्तिले बेरोजगार दर्ताका लागि निवेदन दिन पाउने व्यवस्था गरेको थियो ।
बेरोजगार छानिएका दुई हजार चार सय उन्नाईस जना व्यक्तिलाई रोजगार व्यवस्थापन सूचना प्रणालीमा सूचीकृत गरिएको गाउँपालिका रोजगार संयोजक कृष्ण प्रसाद शर्माले बताउनुभयो ।
सूचीकृत बेरोजगार व्यक्तिलाई क्रमशः प्राथमिकताका आधारमा न्यूनतम एक सय दिनको काममा लगाइने नगर प्रमुख विशाल शर्माले बताउनुभएको समाचार छ ।