उत्कृष्ट काम गर्ने स्वास्थ्य स्वयमसेविका पुरस्कृत

शंकर केसी ।
सल्यान, २१ मंसिर (रेडियो कपुरकोट) । उत्कृष्ट कार्य गर्ने महिला सामुदायीक स्वास्थ्य स्वयमसेवीकाहरुलाई सल्यानको कपुरकोट गाउँपालिकाले पुरस्कृत गरेको छ ।
१७ औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेवीका दिवसको अवसरमा आज ८ जना स्वयमसेवीकाहरुलाई पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ ।
पालिका भित्रको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र आम नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न महत्वपुर्ण भुमिका खेल्दै आएका स्वयमसेवीकाहरुलाई सम्मान संगै पुरस्कार प्रदान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले बताउनुभयो ।
जनही दुई दुई हजार रुपैयाँ सहित दोसल्ला र प्रमाणपत्रबाट उनीहरुलाई सम्मान गरिएको उहाले बताउनुभएको छ ।