बस दुर्घटनामा परि घाइते भएका थप एकजनाको मृत्यु

सुर्खेत, ३ कार्तिक (जागरण) । मुगुमा भएको बस दुर्घटनामा परि घाइते भएका थप एकजनाको मृत्यु भएको छ ।
छाँयानाथ रारा नगरपालिका–१४, का २७ वर्षीय दन्त बुढाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले जानकारी दिनुभयो । यो संगै मुगु बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३३ पुगेको छ ।
उनको मंगलबार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो । गत असोज २६ गते भएको बस दुर्घटनामा यसअघि नै ३२ जनाको मृत्यु भएको थियो । ३२ मध्ये २४ जनाको घटनास्थलमै, चार जनाको उद्दारका क्रममा र चार जनाको उपचारका क्रममा बाँकेमा मृत्यु भएको थियो ।
नेपालगञ्जबाट सुर्खेत हुँदै मुगु छुटेको भे १ ख ३१६७ नम्बरको बस छाँयानाथ रारा नगरपालिका ७ पिनाटपने खोलामा दुर्घटना भएको थियो ।