
जागरण
सुर्खेत, ३ असार ।
आगामी आर्थिक बर्षका लागि कर्णाली प्रदेश सरकारले ल्याएको बजेट मध्य करिब ८० प्रतिशत रकम पुराना अध्ुरा आयोजनाका निर्माणमै खर्च हुने भएको छ ।
बजेटबारे जानकारी दिन विहीबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री विष्टले यस अघिका आर्थिक बर्षहरुमा सुरु गरिएका तर पूरा नभएका आयोजनाहरु पूरा ८० प्रतिशत भन्दा बढी विनियोजन गरिएको जानकारी दिनुभएको हो ।
अधुरा आयोजनाहरु सबै भन्दा बढी उर्जा विकास तथा जलस्रोत मन्त्रालय मातहत रहेको र आगामी आर्थिक बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्री बिष्टले बताउनुभयो । यस्तै मन्त्री बिष्टले आगामी बजेटमा आकर्षक नाराहरुमा भन्दा कार्यान्वयनमा जोड दिइएको जिकिर गर्नुभयो । बजेट भाषण सुन्दा आकर्षक र आशावादी नभएपनि बजेट कार्यान्वयनपछि जनताले सन्तुष्टि प्राप्त गर्ने उहाँको दाबि छ । यस्तै कर्णाली प्रदेश सरकारले आठवटै मन्त्रालय एउटै पर्खाल भित्र बनाउने भएको छ । उक्त कार्यका लागि आगामी आर्थिक बर्षमा बजेट विनियोजन गरिएको हो ।
