बाल अधिकार सुनिश्चित गर्न पैरवी गर्छौः बालअधिकारकर्मी

सुर्खेत । बाल अधिकार सुनिश्चित गर्न आफ्नो–आफ्नो ठाउँबाट पैरवी गर्न तयार रहेको बाल अधिकारका क्षेत्रमा काम गर्दै आएका व्यक्तीहरुले बताएका छन ।
बाल अधिकारका लागि साझा अभियान (सीसीआर) ले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सम्पन्न गरेको दुइदिने बाल अधिकारमा आधारित पैरवी तालिममा सहभागि भएका उनिहरुले यस्तो बताएका हुन ।
तालिम समापनमा बोल्दै सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका महासचिव महेन्द्र कुमार कार्कीले बालअधिकार विषयमा कसरी वकालत गर्ने भन्ने विषयको तालिम नयाँ र प्रभावकारी रहेको भन्दै अब पैरवी गर्न सहज हुने बताउनुभयो ।
उहाले सबै पक्षले आ–आफ्नो क्षेत्रबाट पैरवी गर्न सके मात्रै प्रदेशमा बालअधिकार सुनिश्चित हुने बताउनुभयो ।
सामाजिक विकास मन्त्रालय महिला विकास महाशाखाका अधिकृत यशोदा कुमारी शर्माले पनि बालअधिकार सुनिश्चित गर्न तालिमले सहजता तुल्याएको भन्दै सरकारलाई पनि योजना बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बाल अधिकारका लागि साझा अभियानका अध्यक्ष टिकाराम आचार्यले तालिमले बालबालिकाको क्षेत्रमा पैरवी गर्न सहज हुने भन्दै यसले बालअधिकार सुनिश्चित गर्न सकरात्मक भुमीका निर्वाह गर्ने बताउनुभयो ।
बाल अधिकारमा पैरवी तालिम बालबालिकाको क्षेत्रमा लामो समय काम गर्दै आउनुभएका तारक धितालले दिनुभएको थियो । उहाले कस्ता कुरालाई मुद्धाहरु उठाउने ? कसरी अभियान र पैरवी संचालन गर्ने लगायतका विषयमा तालिममा प्रस्तुतीकरण गर्नुभएको थियो ।
यसैबिच, बालअधिकार लागि साझा अभियानले आफ्नो पहिलो साधरणसभा भोली गर्न लागेको कार्यक्रम संयोजक टेकराज आचार्यले जानकारी दिनुभयो ।