जसको सदस्यहरुमा विद्यालय निरिक्षक महेशकेशर खनाल, श्रोत व्यक्ती देवकुमार विसी, वडा अध्यक्ष हेमबहादुर वली, वडा अध्यक्ष नरबहादुर रामजाली, मिना कुमारी खड्कालगायत रहेका छन् ।
गुराँस गाउँपालिकाको आयोजना तथा सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेखको सहकार्यमा दुइदिनसम्म घोडाबासमा शिक्षा निति निर्माण विषयक गोष्टी आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाका अध्यक्ष ओलीले शैक्षिक संस्थाहरु पनि उत्पादनको क्षेत्रमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले शिक्षा क्षेत्रलाई व्यवहारिक बनाउन कृषिसँग जोड्नुपर्ने भन्दै विद्यार्थीहरुलाई खाली समयमा कृषि गर्न सिकाउन सके युवाहरु विदेश जानुनपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका ८ वटै वडाका वडा अध्यक्षहरु, सबै विद्यालयका प्रधानाध्यापकहरु लगायतको सहभागिता थियो ।