मुगुमा संविधान दिवस यसरी मनाइदैछ

खड्ग सुनार
मुगु, २७ भदौ (रेडियो सौर्यदय) मुगुमा संविधान सुशासन सम्बन्धि अन्तरमाध्यमिक वक्तृत्वकला प्रतियोगिता संचालन गरि संविधान दिवस मनाइने भएको छ ।
संविधान निर्माण भएको सम्झनामा राष्ट्यि दिवसको रुपमा मनाउने पुर्व तयारी अनुरुप वतृत्वकला प्रतियोगिता संचालन गरिने भएको हो ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको संयोजगत्वमा आज बसेकोे बैठकले संविधान दिवसलाई हर्षउल्लासका साथ मनाउने निर्णय गरेको छ ।
दिवसका अवसरमा जिल्लाका सबै सरकारी तथा गैर सरकारी कार्यालयहरुमा नेपालको राष्ट्यि झण्डा राखिने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो । त्यस्तै, छायाँनाथ रारा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष विष्णु कुमार भामको संयोजगत्वमा वृक्षारोपण गरिने छ ।
सबै स्थानीय तहमा दिवसका अवसरमा मैत्रीपुर्ण देउडा नाँच समेत गरिने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभएको छ ।