कानुनी अज्ञनताका कारण विकास हुन नसकेको कानुनका जानकारहरुको भनाई (अडियोसहित)

सुर्खेत, १५ पुष (जागरण) कानुनी अज्ञनताका कारण स्थानीय र प्रदेश सरकारहरु अलमलमा परेको कर्णालीका काुनका जानकारहरुले बताएका छन् ।
नागरिक संवाद केन्द्र सुर्खेतले आज प्रदेश राजधानी सुर्खेतमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका उनिहरुले यस्तो सुझाव दिएका हुन् ।
विशेष गरी अधिकांस जनप्रतिनिधिहरुलाई कानुनको बारेमा जानकारी हुन आवश्यक रहेको भन्दै जनता तहसम्म कानुनको बारेमा जानकार बनाउन आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै समाजसेवी उपेन्द्र बहादुर खड्काले तल्लो तहका जनतासम्म जानकारी हुन आवश्यक रहेको भन्दै अहिले कानुनी जटिलताका कारण सरकारहरुले काम गर्न नसकेको बताउनुभयो ।

अर्का सहभागि प्रध्यापक युद्ध विक्रम शाहीले कानुनहरु निर्माण गर्दा समयअनुसारको हुनुपर्ने भन्दै यसतर्फ अहिलेका तिनै तहका सरकारहरु गम्भिर हुन आग्रह गर्नुभयो ।

अर्का सहभागी कानुनका जानकार पिताम्बर ढकालले कानुनी विषयमा बारेमा जनता स्तरसम्मै जानकारी दिने खालका कार्यक्रम नीयमित संचालन गरिनुपर्नेमा जोड दिनुभयो ।
उहाले फौजदारी कानुन बनाउने जिम्मा संघिय सरकारलाई नै हुनुपर्ने भन्दै अन्यथा जनताले न्यायको अनुभुती गर्न नसक्ने बताउनुभयो ।

यस्तै, कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सामाजिक विकास समितिका सचिव राजेन्द्र पौडेलले कर्णाली प्रदेशसभाबाट अहिलेसम्म २९ वटा कानुन पारित भएको जनाकारी दिनुभयो ।
उहाका अनुसार ३७ वटा विभिन्न क्षेत्रका विद्येयकहरु संसद सचिवालयमा दर्ता भएको जानकारी दिनुभयो ।
नागरिक संवाद केन्द्र कर्णाली प्रदेशले प्रत्येक महिना कानुका विषयमा विविन्न क्षेत्रका व्यक्तीहरुसँग अन्तरक्रिया गर्दै आएको संयोजक रामबाबु विसीले जानकारी दिनुभयो ।