कर्णाली प्रिमियर लिगः रुपेन्देहीले भेरीगङ्गालाई ८ विकेटले हरायो

सुर्खेत, ४ जेठ (जागरण) ।
सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग शुक्रबार रुपेन्देही– ११ ले भेरीगङ्गा स्पोट्र्स क्लबलाइ लाई ८ विकेटले हराएको छ । वीरेन्द्रनगर स्थित रंगशालामा भएको खेलमा टस जितेर ब्याटिंग गरेको भेरीगङ्गाले निर्धारित १८.६ ओभरमा सबै विकेट गुमाएर ६८ रन बनायो । रुपन्देहीका बलर सन्दिप सुनार र बशिर अहमदले समान ३÷३ विकेट र बिक्रम भुसालले २ विकेट हात पारेका थिए । भेरीगंगाको लागि सौगात कार्कीले सर्वाधिक २० रन बनाए भने समिर चन्दले ९ रन, तिलक थापाले ६ रन, मानसिंह विकले ४ रन प्रेम विकले १३ रन र रोहित विकले ४ रन बनाए ।


६९ रनको लक्ष्य पछ्याएको रुपन्देहीले ५.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको थियो । सन्दिप सुनारले आक्रामक ब्याटिंग गर्दै ३१ रन बनाउन ११ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । सौरभ खनालले ७ बलमा २४ रन बनाउन ३ चौका र २ छक्का प्रहार गरे । यस खेलको म्यान अफ त म्याच रुपेन्देशीका सन्दिप सुनार भए ।


योसंगै भेरीगङ्गा स्पोट्र्स क्लबको दोस्रो हार हो । बिहीबार भएको खेलमा टिकापुर क्रिकेट क्लबले भेरीगङ्गालाई १ सय ९ रनले हराएको थियो ।
शुक्रबार कर्णाली लिगमा दुई खेल हुन बाकी छन् । रोयल राइजिंग क्रिकेट क्लब र धनगढी क्रिकेट एकेडेमीविच केहीबेरमा खेल सुरु हुनेछ भने तेस्रो खेलमा दिउँस २ बजे महाकाली क्रिकेट क्लब र टिकापुर क्रिकेट क्लबविच हुने आयोजकले जनाएको छ
हिजोदेखि सूरु भएको कर्णाली प्रिमियर लिगमा १० टिमको सहभागिता रहेको छ । बन्धुविकास बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको आयोजना भएको प्रतियोगिता जेठ १२ गतेसम्म संचालन हुनेछ । कर्णाली प्रदेशमै पहिलो पटक सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउनेछन् ।