कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन जेठ ११ गते बोलाउने तयारी

सुर्खेत, ४ जेठ (जागरण) । कर्णाली प्रदेश सरकारले प्रदेश सभाको दोस्रो अधिवेशन यही जेठ ११ गते बोलाउन सिफारिस गरेको छ । आज बसेको कर्णाली प्रदेशको मन्त्रीपरिषदको बैठकले ११ गते प्रदेश सभाको बैठक बोलाउन सिफारिस गरेको हो ।
बैठकले प्रदेश प्रमुख दुर्गाकेशर खनालसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारकी प्रवक्ता एव्म भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो । प्रदेश प्रमुखले दोस्रो अधिवेशनको आब्हान गरेपछि बजेट अधिवेशन सुरु हुने छ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउने तयारी गरेको छ ।
यस्तै आज बसेको बैठकले मुख्यमन्त्री राहत साहायता कोष निर्देशिका २०७५ को आवश्यक परिमार्जन गरेको छ । मन्त्रीपरिषदको बैठकले ८ वटा विेधकयहरुको मस्यौदा तर्जुमा गर्न शैद्धान्तिक सहमति दिएको छ ।
कर तथा गैर कर २०७५ तजुर््मा गर्न र वित्तिय हस्तान्तरण विधेयक २०७५ तर्जूमा गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई शैद्धान्तिक सहमति दिएको छ । यस्तै प्रादेशिक पर्यटन विधेयक, प्रादेशिक उद्योग विधेयक, प्रदेश बन ऐन र वातावरण संरक्षण सम्बन्धि विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको छ ।
यस्तै प्रादेशिक जग्गा प्रशासन ऐन र प्रादेशिक खाद्य ऐन सम्बन्धि विधेयकको मस्यौदा तर्जुमा गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालाई सैद्धान्तिक सहमति दिएको छ ।
यसरी गरी बैठकले डोल्पाको ठूलीभेरी नगरपालिकाको केन्द्र परिर्वतन सम्बन्धमा मन्त्रीपरिषदको राजनितिक समिति कार्यदलले पेशको गरेको अध्ययन प्रतिवेदन संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाउने निर्णय पनि गरेको छ ।
जुम्लाको गोठीचौर गाउँपालिका र तातोपानी गाउँपालिकाको केन्द्रसम्बन्धि विवादको अध्ययन गर्न कार्यदल गठन गरिएको छ ।
दुवै गाउँपालिकाको विवादको अध्ययन गर्न मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव यज्ञ बोहोराको संयोजकत्वमा समिति गठन गरिएको प्रवक्ता केसीले जानकारी दिनुभयो ।