नेपाल एकहप्ता ‘लकडाउन’

काठमाण्डौँ, १० चैत (जागरण) । सरकारले भोली मंगलबारदेखि ‘लकडाउन’ अर्थात् सार्वसाधारण नागरिकलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण रहेको पुष्टी भेटिएलगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको हो ।

कोरोनासम्बन्धी उच्चस्तरीय समितिको बैठकले मंगलबार विहान ६ बजेदेखि एक हप्तासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाउने निर्णय गरेको छ ।

यस्तै सुरक्षा निकाय, स्वास्थ्यकर्मी खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने र अनुमति प्राप्त बाहेकका सवारी साधन चलाउने पाइने छैन ।