महिलालाई गाली गर्ने वडा अध्यक्षविरुद्ध उजुरी दिँदा पनि प्रहरीले चासो दिएन

दैलेख, २५ जेठ (जागरण) । दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नारायण प्रसाद रेग्मीले एक महिलालाई गाली बेइज्जती गरेको विषय प्रहरीसम्म पुगेको छ ।

जेठ २१ गते वडा कार्यालयमा ‘चामल बाँडेका छन् की भनेर सोध्न पुगेकी स्थानिय पुष्पा कार्कीलाई वडा अध्यक्षले गाली बेइज्जती गरेपछि प्रहरीसम्म उजुरी परेको हो ।

रेग्मीले महिलालाई गरेको गाली वेइजतीको भिडियो समेत सामाजिक संजालमा भाइरल भएको छ । असिनाले क्षति पुगेको परिवारलाई दिइने राहत वितरण गर्ने भन्ने कुरा सुनेर त्यहाँ बुझ्न पुगेको बताउँदै कार्कीले भन्नुभयो, ‘म माथि अध्यक्षबाट हातपातको प्रयास समेत भयो । मलाई अर्नगल गाली बेइज्जती गरियो ।’

उहाँले भन्नुभयो, ‘कसलाई कुन किसिमको राहत बाँडन खोजिएको हो भन्ने कुरा मैले सोध्नै नपाउने कहाँको नियम होला ?’ उहाँले वडा अध्यक्ष विरुद्ध अस्थायी प्रहरी चौकी जम्बुकाँधमा मुद्दा दिएको बताउनुभयो । तर प्रहरी भने हालसम्म कुनैपनि चासो दिएको छैन ।
यता वडाअध्यक्ष रेग्मीले भने यस बारेमा आफूले प्रतिनिक्रिया नदिने बताउनुभएको छ ।

हेर्नुहोस् सामाजिक सञ्जालमा भाइरल भएको भिडियोः