सुशासन सम्मेलन सुरु

सुर्खेत, १५ मंसिर (जागरण) । बिभिन्न जिल्लाका व्यत्तित्वहरु संग कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुशासन सम्मेलन सुरु भएको छ ।
प्रदेशका विभिन्न जिल्लाका अभियन्ताहरूको सहभागितामा प्रदेश तथा स्थानीय सुशासन सम्मेलन सुरु भएको हो ।
युरोपियन युनियनको सहयोगमा सहकर्मी समाजले उक्त कार्यक्रमको आयोजना गरेको हो । चार दिनसम्म चल्ने कार्यक्रममा स्थानीय तहहरुबीचका सिकाइ आदानप्रदान गर्नुका साथै प्रदेश सुशासन सञ्जाल गठन गरिने भएको छ ।
त्यसैगरी कर्णाली प्रदेशसभाका सांसदहरुबीच छलफल गराइने कार्यक्रम रहेको ‘सुशासनमा नागरिक सहभागिता कार्यक्रम’ का संयोजक हरि उपाध्यायले जानकारी दिनुभयो ।
गठन भएको प्रदेश स्तरीय संजालले यस क्षेत्रको सुशासनको प्रवर्दन विषयमा काम गर्ने उपाध्यायले जानकारी दिनुभयो । सुशासन जवाफदेहीता र पारदर्शिताका माध्यमबाट नागरिक र स्थानीय सरकारको सहभागितामुलक र उनीहरुको सम्बन्धलाई सुमधुर गर्नको लागि कार्यक्रमको आयोजना गरिएको हो ।