जुम्लामा छाउपडी प्रथा निर्मुल हुँदै (अडियोसहित)

मान बहादुर कुंवर ।
जुम्ला, २४ पुष (रेडियो खुल्ला आँकाश) । महिनावारी भएका बेला घरमा बसे देवता रिसाउछन भन्ने पुरातनबादी सोचका कारण महिलाहरु छाउगोठमा बस्न बाध्य छन । त्यही गोठमा महिलाहरु विभिन्न हिंसामा र यातनामा पर्ने गरेका छन । छाउगोठ मुक्त गर्न विभिन्न अभियानहरु चलाइएपनि धामीझाँक्रि बाधक बनेको भनिन्छ । तर पछिल्लो समय जुम्लाका महिलाहरुले धामीझाँक्रिकै घरबाट छाउगोठ मुक्त गर्ने नौलो प्रयासको थालनी गरेर उदाहरणिय काम गरेका छन ।