आफुहरुका माग पुरा नभए कडा आन्दोलन गर्ने कर्णालीका बादी समुदायको चेतावनी

सुर्खेत, १८ फागुन (जागरण) । कर्णालीका बादी समुदायले खेतीयोग्य जग्गा उपलब्ध नबनाइए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन ।
विगत ८ दिनदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गेट अगाडि धर्ना दिइरहेका उनिहरुले आफुहरुको माग सम्बोधन नगरिए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका हुन ।
आन्दोलनको नेतृत्व गर्नुभएका हिक्मत बादीले आफ्नो माग पूरा नभएसम्म आन्दोलनलाई सशक्त बनाइने बताउनुभयो ।
लामो समयसम्म पनि आफूहरूका मागहरू सुनुवाइ नभएको भन्दै उहाले सरकारले माग पुरा गर्नुको साटो आन्दोलन दबाउने खेलमा लागेको बताउनुभयो ।
६ दिनसम्म शान्तिपूर्ण धर्नामा बसेका उनीहरूले आन्दोलनलाई कडा बनाउने तयारी गरेका छन । उनिहरुको आन्दोलनमा कर्णालीका नागरिक समाज र विभिन्न संगठनहहरुले पनि ऐकेवद्धता जनाएका छन ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल कर्णाली प्रदेश समितिले पनि बादी समुदायको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।
कर्णाली प्रदेशका १० वटै जिल्लाका बादी समुदायका व्यक्तीहरु अहिले प्रदेश राजधानी सुर्खेतमा छन ।
गएको सोमबार साँझदेखि मुख्यमन्त्री कार्यालय अगाडि धर्नामा बसेका उनीहरू जग्गा उपलब्ध नहुँञ्जेलसम्मका लागि कार्यालय नछोड्ने बताएका छन् ।
बादी समुदायले तीन दिन अघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आफ्ना मागहरू राखेका थिए ।
मुख्यमन्त्री शाहीले जग्गा उपलब्ध गराउने कानुनी अधिकार आफुहरु सँग नभएको बताउनुभएको थियो । मुख्यमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
उनिहरुले शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको समेत बताएका छन ।