काेराेनाले जुम्लाका एक जनाको सुर्खेतमा मृत्यु

सुर्खेत, १४ बैशाख (जागरण) ।
सुर्खेतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ ।
जुम्ला जिल्लाको तिलागाउँपालिका घर भई हाल सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएका ७६ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
दीर्घरोगले ग्रसित उहाँलाई हिजो कोरोना परीक्षण गर्दासंक्रमण भएको पुष्टि भएपनि उपचारकै क्रममा आज विहान मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले जानकारी दिनुभयो । कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।