कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने अनुमान

टेकराज केसी
सुर्खेत, २ जेठ (जागरण) ।
चालु आर्थिक वर्ष २०७७÷७८ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने अनुमान गरिएको छ ।
केन्द्रीय तथ्याङ्क बिभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यो प्रदेशको आर्थिक वृद्धिदरमामा उल्लेख्य सुधार हुने अनुमान गरिएको हो । गत बर्ष ०.७ प्रतिशत आर्थिक वृद्धिरदर रहेकोमा यो बर्ष बढेर ३.६ प्रतिशत रहने अनुमान गरिएको छ ।
कुल ग्रह्यस्त उत्पादनमा भने सबैभन्दा कम कर्णालीको योगदान रहेको देखिएको छ । कर्णालीको कुल ग्रह्स्त उत्पादनमा ४ प्रतिश रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । गत बर्षको कर्णालीको योगदान ४.१ थियो । सात वटै प्रदेशको आर्थिक वृद्धिदर साढे ३ प्रतिशतभन्दा माथि रहने भएको छ ।
देशको चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४.०१ प्रतिशत रहने अनुमान केन्द्रिय तथ्यांक विभागले गरेको छ ।
आर्थिक वृद्धिदरलाई प्रदेशअनुसार विभाजन गरी विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्ष सबै प्रदेशले साढे तीन प्रतिशत भन्दा माथिको आर्थिक वृद्धिदर प्राप्त गर्नेछन् । यसमा सबैभन्दा राम्रो वृद्धिदर बागमति प्रदेशको हुने देखिएको छ ।
तथ्यांकअनुसार चालु आवमा बागमती प्रदेशको आर्थिक वृद्धि सबैभन्दा बढी ४.७ प्रतिशत रहने छ । भने दोश्रो स्थानमा लुम्बनी रहने छ ।
यो वर्ष लुम्बिनीको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान विभागले गरेको छ ।
सबैभन्दा कम आर्थिक वृद्धिदर सुदुरपश्चिमको ३.५ प्रतिशत रहने छ ।