नन्द कठायत ।
सुर्खेत, ९ असार (जागरण) । चालु आथिर्क बर्ष सकिनै लाग्दा समेत कर्णाली प्रदेशका स्थानीय तहहरु असारे विकासमा केन्द्रीत भएका छन । बजेट खर्च गर्नकै लागि असारे विकासमा केन्द्रीत भएका हुन । यो आर्थिक बर्षमा पनि कर्णालीका स्थानीय तहको बजेट खर्च भनेअनुसारको नभएको पाइएको छ ।
चालु आर्थिक वर्ष सकिन लाग्दा पनि स्थानीय तहमा विनियोजित विकास बजेट लक्ष्यअनुसार खर्च हुन नसकेको हो ।
चालु आर्थिक बर्ष सकिन अब केही दिन मात्र बाँकी छ । तर चालु आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा पनि कर्णालीका स्थानीयतहहरुले हालसम्म ८५ प्रतिशत पनि बजेट खर्च गर्न सकेका छैनन ।
कोरोना भाइरस महामारीका कारण जारी निषधाज्ञाले बजेट खर्च हुन नसकेको जनप्रतिनिधिहरुको प्रतिक्रिया छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले चालु बर्षको ८५ प्रतशित बजेट खर्च भएको जनाएको छ ।
अध्यक्ष नर बहादुर पुनले चालु वर्षको विनियोजित बजेट ८५ प्रतिशत खर्च भएको कर्णाली रैबारलाई जनाकारी दिनुभयो । गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को निति तथा कार्यक्रम र बजेट समेत आज पेश गरेको छ ।
अध्यक्ष पुनका अनूसार गाउँपालिकाले आगामि आर्थिक वर्षको लागि ४८ करोड बराबरको बजेट ल्याएको छ । यस्तै सुर्खेतको गुर्भाकोट नगरपालिकाले अधिकांस योजनाहरु अन्तिम चरणमा पुगेका जनाएको छ ।
नगर प्रमुख हस्त पुनले नगरपालिकाबाट हुने सबै योजनाहरु अन्तिम चरणमा पुगे पनि प्रदेश र संघ सरकारले ढिला बजेट पठाउदा कार्यन्वयनमा काममा ढीलाई भएको जानकारी दिनुभयो । जाजरकोटको भेरी नगरपालिकाले विनियोजन भएको बजेटको ९० प्रतिशत बजेट खर्च गरेको जनाएको छ ।
नगर प्रमुख चन्द्र प्रकाश घर्तीले कोरोना महामारीले गर्दा भएका कारण केही असर गर्दा पालिकाले अहिलेसम्म ९० प्रतिशत बजेट खर्चभएको बताउनुभयो । उहाँले केही बजेट फिर्ता हुने अवस्थामा पुगेको बताउनुभयो ।
उता हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाले भने विनियोजन बजेटको शत प्रतिशत खर्च गरेको जनाएको छ । अध्यक्ष विष्णु बहादुर लामाले गाउँपालिकाले विनियोजन गरेको बजेटको शत प्रतिशत कार्यन्वयन गरेको बताउनुभयो ।