किशोरीलाई परिवार नियोजन, यौन प्रजननबारे सचेतना फैलाउँदै स्वस्थ रुपान्तरण !

सुर्खेत । सुर्खेत जिल्लाका दुईवटा स्थानीयतहमा सञ्चालन गरिएको नेपाली यूवाका लागि स्वस्थ रुपान्तरण परियोजनाको समय अवधि सकिएको छ । सन् २०१८ मे देखि सन् २०२१ जुन सम्म गुर्भाकोट र भेरिगंगा नगरपालिकामा परियोजना सञ्चालन गरिएको थियो ।

समाज जागरण केन्द्र (स्याक नेपाल)रसेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित परियोजनाले यी दुई पालिकामा १५ –२४ वर्ष उमेर समुहका किशोरीहरु तथा विवाहित यूवतीहरुको परिवार नियोजन, प्रजनन्, मातृत्व तथा नवजात शिशुहरुको स्वास्थ्यमा सुधार ल्याउने जस्ता कार्यक्रम सञ्चालन गरेको छ ।

विगत ३ बर्ष देखि सञ्चालित परियोजनाले दुबै पालिकामा सोमबार समापन तथा उपलब्धी आदानप्रदान कार्यक्रम गरेको छ ।

 परियोजनाको समापन कार्यक्रमम गुर्भाकोट नगरपालिकाका नगरप्रमुख हस्त पुनले नगरभित्रका किशोरकिशोरीहरुको प्रजनन् स्वास्थ्यमा सुधार ल्याउनको लागि सचेतनामुलक कार्यक्रम गरी स्वस्थकर व्यवहारमा परिवर्तन ल्याउन परियोजनाले महत्वपुर्ण भुमिका खेलेको बताए । साथै योजनाले गरेका गतिविधिलाई नरले पुनः निरन्तरता दिनका लागि रणनीतिक योजना बनाई अघि बढ्ने पनि उनले बताए ।

उपप्रमुख मैना बिकले युवा महिलाहरुको लागि योजनाको माध्यामबाट सहभागिता गराई सिकाई र क्षमतामा वृद्धीगर्ने काम भएको बताइन् ।

उनले भनिन् ,‘ मानव स्वास्थ्यमा रहेका प्रमुख चुनौतीहरुलाई सामना गर्न र विपद्को वेलामा पनि साझेदारी तथा सहयोग गरी नगरवासीको स्वास्थ्य सम्बन्धी हकहितको लागि महत्वपुर्ण भुमिका परियोजनाले खेल्यो ।अब यसलाई निरन्तरता दिनका लागि हामी प्रतिवद्ध छौँ ।’

यस्तै समाज जागरण केन्द्र स्याक नेपालका अध्यक्ष मिना तिवारी शर्माले यस्ता खालका कार्यक्रम अझै पनि सञ्चालन गरिनुपर्ने बताइन् । समाज जागरण केन्द्र स्याक नेपालका अध्यक्ष मिना तिवारी शर्माले बालविवाह न्युनिकरण,लैगिंक समानता,विभेद जस्ता कुरामा समुदायका नागरिकहरुलाई सचेत गराउन यस्ता कार्यक्रमम अझै आवाश्यक भएको बताइन् ।

उनले भनिन्,‘ कानुनमा बालविवाह नगर्ने भनिएको छ । तर, समुदायमा बालविवाह निकै हुनेका गरेका हुन्छन् । महिलाका समस्या उस्तै छन् । त्यसका लागि सचेतनामुलक कार्यक्रम आवाश्यक देखिन्छन् ।’

के–उपलब्भी भए ?
दुई पालिकामा सञ्चालित कार्यक्रमबाट गुर्भाकोट नगरपालिकामा ९६ वटा किशोरी तथा विवाहित यूवतकीहरुको समुहहरु गठन गरी २ हजार जना सहभागि भई लाभान्वित भएका छन् ।

भेरीगंगा नगरपालिकाका १३ वटा वडाहरुमा लक्षित उमेर समूहको ८४ वटा समुहहरु गठन गरी१३०७ जना सहभागि भई लाभान्वित भएका छन् । जसमा ८० प्रतिशत भन्दा बढी सहभागीहरुको प्रत्यक्ष तथा नियमित सहभागीता भइ प्रजनन तथा मातृ तथा नवशिशु स्वास्थ्यको ज्ञानमा १५.५% बाट १९.७%मा वृद्धि भएको परियोजना संयोजक सुवास गिरीले बताए।

उनका अनुसार कोभिड१९ का कारण भएको बन्दाबन्दीको समयमा प्रशारणभएकोरेडियो नाटक स्वस्थ रुपान्तरणसमुहमा आवद्ध ८० प्रतिशत युवतीहरुले नाटकबाट प्राप्त सन्देशहरुका साथै कोभिड १९ बाट बच्ने उपायहरु समेत सुनेर ब्यबहारमा लागु समेत गरेको उनले बताए । विवाहित युवती समुहका सदस्यहरुमा परिवार नियोजनकाका साधनहरुको प्रयोग गर्नेहरुको संख्यामा ५४ % बाट बृद्धि भइ ७७% मा पुगेकोछ ।

समुहमा आबद्ध भएका २९०० जना युवतीहरुले भेरिगंगा र गुर्भाकोट मा रहेका १० वटा स्वास्थ्य संस्थाको अवलोकन भ्रमण गरी स्वास्थ्य संस्थाले दिने सेवासुविधाका विषयमा जानकारी प्राप्त गरी आवश्यकता अनुसार स्वास्थ्य सेवा उपभोग गरिरहेका छन् ।

परियोजना संयोजक सुवास गिरीले भने ,महिला युवाहरुमा हुने पहिलो पटकको गर्भधारण समयालाई ढिलाई गर्ने, स्वस्थ जन्मान्तर बढाउने, गर्भवती समयामा र वच्चा जन्मीसकेपछी आप्नो र नवजात शिशुको हेरचाह गर्ने सम्बन्धी ज्ञान र क्षमता मा अभीवृदी गर्ने साथै घरपरीवारको वित्तिय व्यवस्थापन गर्नको लागि उनीहरुको सहभागीतामा विगत भन्दा केही वृद्धी भएको देखिन्छ।’