शंकर केसी ।
सल्यान, १२ असार (रेडियो कपुरकोट) । सल्यानको कपुरकोट गाउँपालिकाले आमाबाबु गुमाएका बालवालिकालाई १५ वर्षको उमेर सम्म मासिक पाँच सय रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ को तीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले कुनैपनि संरक्षक नरहेका बालवालिकाहरुको स्याहारका लागि टेवा पुर्याउने उद्देश्यले आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम अघि सारिएको बताउनुभयो ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि ४७ करोड ५५ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।