दैलेख आठबिस नगरपालिकाले एकल पुरुषलाई भत्ता दिने

सुर्खेत, २० असार (जागरण) । दैलेखको आठबिस नगरपालिकाले एकल पुरुषहरुको लागि विदुर भत्ता दिने भएको छ ।
आउँदो साउन महिनादेखि लागु हुनेगरी एकल पूरुषहरुको लागि विदुर भत्ता दिन लागेको हो ।आफ्नो नीति कार्यक्रममार्फत नगरपालिकाले एकल पुरुषको लागि भत्ताको व्यवस्था गर्ने उल्लेख गरेको छ ।
श्रीमती नभएका पूरुषहरुले बालबालिका संरक्षणमा चासो नदिइएको पाइएपछि भत्ताको व्यवस्था गर्न लागिएको नगरपालिकाले जानकारी दिएको छ ।
भत्ता लिने एकल पूरुषले आफ्ना छोराछोरीको संरक्षण र पढाईमा खर्च गर्नुपर्नेगरी कार्यविधि पनि बनाइने जनाइएको छ ।
नगरपालिका प्रमुख खड्गराज उपाध्यायले बाल श्रम, बाल यौन दुव्र्यहार लगायतका समस्या समाधानमा यो कार्यक्रमले सहयोग पुग्ने कर्णाली रैबारसँग बताउनुभयो ।
उहाले एकल पूरुषको संख्या कती छ भनेर अहिले तथ्याङ्क संकलन भइरहेको र भत्ता कती दिने भन्ने सन्दर्भमा कार्यविधिमा उल्लेख गरिने बताउनुभयो ।