कर्णाली प्रदेशमा करिब २२ प्रतिशत नागरिकले पाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

सुर्खेत, २३ असोज । कर्णाली प्रदेशमा अहिलेसम्म करिब २२ प्रतिशतले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन ।
गत वर्षको माघबाट सञ्चालन भएको खोप अभियानअन्तर्गत अहिलेसम्म २ लाख ५४ हजार ६ सय ८२ जना अर्थात २१.२ प्रतिशत जनसंख्यालाई पूर्ण मात्रा खोप दिइएको हो । कर्णालीमा १८ लाख जनसंख्या रहेकोमा १८ बर्षभन्दा माथीको जनसंख्या १२ लाख रहेको छ ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार ३ लाख ६६ हजार ८ सय ९७ जना अर्थात ३०.५ प्रतिशत जनसंख्यालाई पहिलो मात्रा खोप दिइएको छ ।
पूर्ण खोप लगाउनेमध्ये सबैभन्दा बढी सुर्खेतमा ७९ हजार ७ सय ९५ रहेका छन, भने एक लाख ४१ हजार ३ सय ५६ जनाले पहिलो मात्रा खोप लगाएका छन ।
त्यसैगरी, सल्यानमा ३७ हजार ६ सय ९७ जनाले पूर्ण मात्रा खोप लगाएका छन । ४० हजार २ सय ९३ ले एकमात्रा खोप पाएका छन ।
रुकुम पश्चिममा ३० हजार एक सय ९० ले पूर्ण मात्रा लगाउँदा ३२ हजार ६ सय ७० ले एक मात्रा खोप पाएका छन । जाजरकोटमा १५ हजार ८२ जनाले पूर्ण मात्रा खोप पाउँदा २० हजार ८२ जनाले पहिलो मात्रा खोप लगाएको जनाइएको छ ।
यस्तै, दैलेखमा ३२ हजार ४ सय ९२ जनाले पूर्ण मात्रा लगाउँदा ४५ हजार ६ सय ३ जनाले एकमात्रा खोप पाएको निर्देशनालयले जानकारी दिएको छ ।
कालिकोटमा १५ हजार ६ सय ८० जनाले पूर्ण मात्रा खोप पाएका छन । यस्तै, २२ हजार ८२ ले पहिलो मात्रा खोप लगाएका छन ।
यता, जुम्लामा २१ हजार ३ सय ३८ जनाले पूर्ण मात्रा पाउँदा २७ हजार एक सय २२ जना पहिलो मात्रा खोप लगाएका छन ।
हुम्लामा ७ हजार २ सय ४३ जनाले मात्र पूर्ण मात्रा खोप पाएका छन । १० हजार ४ सय ३८ ले पहिलो मात्रा खोप पाएको निर्देशनालयले जानकारी दिएको छ ।
यसैगरी, मुगुमा ९ हजार पाँच सय ७३ जनाले पूर्ण मात्रा खोप लगाउँदा १४ हजार ३ सय २९ जनाले पहिलो मात्रा खोप लगाएका छन । र डोल्पामा पाँच हजार ६ सय ८० ले पूर्ण मात्रा खोप लगाउँदा १२ हजार ९ सय ३२ जनाले पहिलो मात्रा खोप लगाएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ । प्रदेशमा अझै ७० प्रतिशत नागरिकहरुले पहिलो मात्रा खोप समेत पाउन सकिरहेका छैनन ।
खोप अभियानलाई सुर्खेतसहित कर्णाली भर तिव्रता दिइएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले बताउनुभएको छ ।