एनसीई जुम्लामा न्याैपाने 

जुम्ला, २९ कात्तिक (जागरण)।

शिक्षाका लागि राष्ट्रिय अभियान (एन सी ई ) नेपाल जुम्ला जिल्लाकाे संयाेजकमा मेराज न्याैपाने चयन हुनुभएकाे छ ।

एन सी ई नेपालका केन्द्रिय काेषाध्यक्ष टीकाराम आचार्यकाे प्रमुख आतिथ्यता एव‌ं प्रदेश संयाेजक तुलाराम पाण्डेकाे अध्यक्षतामा आइतबार भएकाे सराेकारवालाहरुकाे भेलाले न्याैपानेकाे संयाेजकत्वमा एन सी ई काे जुम्ला जिल्ला समन्वय समिति गठन गरेकाे हाे । समितिकाे सहसंयाेजकमा एनिसा हमाल, सचिवमा नाैरते नेपाली र काेषाध्यक्षमा सपना रावत चयन भएका छन् । समितिकाे सदस्यहरुमा हरिचन्द्र शर्मा, भेषबहादुर रावल, गणेश रावल, गाेपाल राेकाय, मुनि प्रसाद गाैतम र मञ्जु थापा रहेका छन्।