डाेल्पामा स्टिम अहेडको समीक्षा

डोल्पा, २४ मंसिर (जागरण) ।
डोल्पाको ठूलीभेरी नगरपालिकाका प्रमुख घनबहादुर शाहीले शिक्षाको विकासका लागि सरकारी तथा गैरसरकारी क्षेत्र सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । कर्णालीका सिमान्तकृत बालबालिकाहरुका लागि क्षमता, समानता र आकांक्षा प्रवद्र्धन (स्टिम अहेड) कार्यक्रमले आज आयोजना गरेको समिक्षा कार्यक्रममा यस्तो बताउनुभएको हो । प्रमुख शाहीले शिक्षामा गरेको लगानी ढिला प्रतिफल देखिने भएपनि सामाजिक रुपान्तरण र देश विकासमा महत्वपूर्ण योगदान हुने बताउनुभयो । डोल्पा जिल्लाका २ नगरपालिका र ४ गाउँपालिकामा स्टिम अहेड परियोजना लागू भएको छ । परियोजना अन्तर्गत सन २०२१ मा सञ्चालन भएका कामहरुको समिक्षा पनि गरिएको छ । समिक्षा कार्यक्रममा ठूलीभेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डीलप्रसाद रोकाय, त्रिपुरा सुन्दरी नगरपालिकाका शिक्षा शाखा प्रमुख टीकादत्त न्यौपाने लगाउतले शिक्षक, विद्यालय व्यवस्थापन समिति लगायतको पनि क्षमता अभिबृद्धि गर्नुपर्ने औँल्याउनुभयो ।