काँग्रेस महामन्त्री मतगणनाः गगन र विश्वप्रकाशलाई शुरुवाती अग्रता

काठमाडौं, १ पुष (जागरण) । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापा र विश्व प्रकाश शर्माले शुरुवाती अग्रता लिएका छन ।
गन थापाले ८ सय मतको अग्रता लिनुभएको छ । ३१ सय २० मत गणना हुँदा गगनले २ हजार ३७ मत पाउनुभएको छ । त्यस्तै विश्वप्रकाश शर्माले १२ सय ५५, डा. प्रकाशशरण महतले एक हजार २४, प्रदीप पौडेलले ९ सय ३५, डा. मिनेन्द्र रिजालले ५ सय ४६ र राजाराम कार्कीले ७५ मत पाएका निर्वाचन समितिले जनाएको छ ।
महामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट डा. प्रकाशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की उम्मेदवार थिए ।
कांग्रेसमा दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।