महामन्त्रीमा गगन र विश्वप्रकाश जित नजिक

काठमाडौं, १ पुष (जागरण) । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्मा जिततर्फ अघि बढेका छन् ।
३८ सय ९० मत गणना हुँदा गगनले २५ सय १२ र विश्वप्रकाशले १५ सय ९७ मत पाउनुभएको छ । महामन्त्री पदका अरु उम्मेदवार डा. प्रकाशशरण महतले १२ सय ९२, प्रदीप पौडेलले ११ सय ६१, डा. मिनेन्द्र रिजालले ६ सय ७९ र राजाराम कार्कीले ८८ मत पाएका निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा दुई महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।
कांग्रेस महाधिवेशनमा करिब ४६ सय ५० मत खसेको थियो । अब करिब १२ सय मत गन्न बाँकी छ ।
महामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट डा. प्रकाशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की उम्मेदवार थिए ।