कर्णाली प्रदेशका मुख्यमन्त्री शाही कांग्रेस सह-महामन्त्रीमा पराजित

नेपाली कांग्रेसको सहमहान्त्रीमा पीछडिएका क्षेत्र तर्फबाट बद्री पाण्डे निर्वाचित भएका छन् ।
शुक्रबार सकिएको मतगणनामा जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । पराजित भएका शाही कर्णालीका मुख्यमन्त्री हुन् ।
नेपाली कांग्रेसको सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका हुनुभएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै पाण्डे पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित हुनुभएको हो ।
शेखर कोइराला समूहका पाण्डेले २४ सय ११ मत पाए भने सभापति शेरबहादुर देउवा प्यानलका शाहीले २१ सय ३३ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहेका चेतराज बजालले ९९ मत पाउनुभयो ।