जिल्ला प्रशासन दैलेख २१ गतेसम्म बन्द

जागरण संवाददाता
सुर्खेत, १७ माघ ।
जिल्ला प्रशासन कार्यालय दैलेखको सेवा प्रवाह आजदेखि पाँच दिनसम्म बन्द गरिएको छ ।
कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि माघ २१ गतेसम्मका लागि सेवा प्रवाह बन्द गरिएको हो । कार्यालयका चार जनालाई कोरोना संक्रमण पुष्टि भएको र अन्य कर्मचारीहरुमा पनि लक्षण देखिएकाले सुरक्षा संवेदनशिलतालाई ख्याल गर्दै सेवा प्रवाह बन्द गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जारी गरेको सार्बजनिक सूचनामा उल्लेख छ । विपद् व्यवस्थापन, शान्ति सुरक्षा र मुद्दाका कामहरु भने नरोकिने सूचनामा जनाइएको छ ।