वीरेन्द्रनगरमा उपप्रमुखसहित ३६ जनाले दिए राजिनामा (सूचीसहित)


जागरण
सुर्खेत,११ बैशाख ।
वीरेन्द्रनगर नगरपालिकामा उपप्रमुख मोहनमाया ढकालसहित ३६ जना जनप्रतिनिधिहरुले राजिनामा दिएका छन् ।
उमेद्वार बन्नका लागि पदबाट राजिनामा दिनुपर्ने व्यवस्था अनुरुप आइतबारसम्म ३६ जनाले राजिनामा दिएका हुन् । राजिनामा दिनेमा ७ जना वडा अध्यक्ष छन भने बाँकी वडा सदस्य तथा कार्यपालिका सदस्यहरु रहेका छन् । राजिनामा बुझाउनुअघि कार्यालयमा आयोजना गरिएको विदाई कार्यक्रममा बोल्दै उपप्रमुख ढकालले सोचजति नभएपनि आफ्नो कार्यकाल सफल भएको बताउनुभयो । सुरुवात गरेर पूरा नभएका कामहरु पूरा गर्न तथा नगरपालिकालाई थप सफल बनाउन प्रमुख भएर नगरपालिकामा आउने योजना स्वरुप उमेद्वार बनेको ढकालको भनाइ छ । विदाइ कार्यक्रममा प्रमुख देवकुमार सुवेदीले राजिनामा दिने सबैलाई राजनीतिक जिवन सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले अब आउने जनप्रतिनिधिहरुले अहिले सुरुवात भएका राम्रा कामहरुलाई निरन्तरता दिँदै सफलतामा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उपप्रमुख ढकाल नेकपा एमालेबाट नगर प्रमुखमा उमेद्वार छनौट हुनुभएको छ ।