बिऊ उत्पादन गर्ने किसानहरुलाई उत्पादन खर्चको ७५ प्रतिशत रकम अनुदान दिने प्रदेश सरकारको घोषणा

सुर्खेत, १ असार (जागरण) । कर्णाली प्रदेश सरकारले बिऊ उत्पादन गर्ने किसानहरुलाई उत्पादन खर्चको ७५ प्रतिशत रकम अनुदान दिने कर्णाली प्रदेश सरकारले घोषणा गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले आर्थिक बर्ष २०७९/८० को लागि प्रदेशसभामा बजेट वक्तव्य प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो ।