ड्रपआउट रोक्न शैक्षिक सहयोग, अब पढ्न पाइन्न की भन्ने चिन्ता छैन

टेकराज केसी ।

सुर्खेत, ११ साउन । सुर्खेत वीरेन्द्रनगर १२ की अञ्जना सार्की अमरज्योती नमुना मावी नेवारेमा पढ्नुहुन्छ । उहाको आर्थिक अभावका कारण विद्यालय छोड्नेसम्मको अवस्थामा पुग्नुभयो । पढ्ने इच्छा हुँदा हुँदै पनि सार्की पढाई छोड्ने तरखरमा हुनुहुन्थ्यो । सेभ द चिल्ड्रेनको सहयोगमा समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरिरहेको पावर परियोजना मार्फत उहालाई शैक्षिक सहयोग गरियो । आर्थिक सहयोग पाएपछि उहालाई अहिले हौसला प्राप्त भएको छ । उहाले रकम अभावकै कारण पढाई रोकिँदो रहेन्छ भन्ने आफुले बुझेको बताउनुभयो । उहालाई परियोजनाले बार्षिक १२ हजार रकम सहयोग गर्ने छ । उक्त रकम पूर्ण रुपमा सार्कीको शिक्षा हासिल गर्न प्रयोग हुने छ ।
आफ्नो रोकिन लागेको पढाईलाई फेरी सुचारु गर्ने वातावरण निर्माण गरिदिएकोमा परियोजनालाई धन्यवाद समेत दिनुभयो ।
अञ्जना मात्रै होइन, पावर परियोजनाले गत वर्ष मात्रै वीरेन्द्रनगरका कक्षा ९ र ११ मा अध्ययनरत आर्थिक अभाव भएर पढाई खर्च जुटाउन नसकेका २३ जना विद्यार्थीहरुलाई १२ हजारका दरले शैक्षिक सयोग प्रदान गरेको छ ।
ति विद्यार्थीका अविभावक मार्फत दिइएको उक्त रकमबाट उनिहरु शैक्षिक वृद्धि गर्न सहयोग पुगेको परियोजना संयोजक तेज सोनाम बताउनुहुन्छ ।
उहाका अनुसार शैक्षिक सहयोग पाएका कक्षा ९ का १४ जना विद्यार्थीहरुमध्य सत प्रतिशत उत्कृष्ट अंक ल्याएर उतिर्ण भएका छन । न्युन आय भएका विद्यार्थीहरुलाई सामान्य आर्थिक सहयोग गरेर भएपनि ड्रप आवट रोक्ने परियोजनाको उद्देश्य रहेको उहाले जानकारी दिनुभयो ।
शैक्षिक सहयोग मात्रै नभएर विभिन्न कारणले पढ्न नपाएर बेरोजगार बसेका युवाहरुलाई समेत उद्यमशिलताको बाटोमा लिन थालिएको छ ।
वीरेन्द्रनगर १० की वन देवी रोकाय त्यसको गतिलो उदाहरण हुनुहुन्छ । उहाले आर्थिक अभावकै कारण बेरोजगार बसिरहनुभएको थियो । उहाँसँग सीप पनि थिएन । अनि वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा पावर परियोजनाले नै उद्यमशिलता सम्बन्धीको तालिम दियो । उहाले व्युटी पार्लर सम्बन्धीको तालिम लिनुभयो । उहाले व्युटी पार्लर खोल्नुभयो । उहाको व्यवसाय संचालनको लागि परियोजनाले समेत २८ हजार रकम सहयोग गर्यो । व्यवसाय शुरु गरिसकेपछि उहाको अहिले मासिक ५० हजार आम्दानी हुने गरेको छ ।
विगतमा केही गर्न सकिन्न की भन्ने उहाको सोच अहिले परिवर्तन भएको छ । अहिले सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका मात्रै ३२ जनाले लगुउद्यम विकास तालिम लिएका छन । उनिहरुले अहिले सिलाई कटाई, कुखुरा पालन लगायतका व्यवसाय संचालन गरिरहेका छन । उनिहरुको व्यवसाय संचालन गर्नको लागि परियोजनाले ८ लाख ९६ हजार रकम सहयोग प्रदान गरेको थियो । शौचालय नभएका तथा प्रयोग योग्य नभएका वीरेन्द्रनगर वडा नम्बर ७ र १२ का १० घरधुरीलाई शौचालय निर्माणमा सहयोग प्रदान गरिएको समेत प्रगती विवरणमा उल्लेख गरिएको छ ।
परियोजनाले सन २०२२ भित्र यौन प्रजनन, जीवन उपयोगी सीप तालिम, उमेर पुगेर विबाह गर्नुपर्ने जस्ता सचेतनामुलक कार्यक्रम संचालन गरेको मंगलबार वीरेन्द्रनगर नगरपालिकामा गरिएको अर्धबार्षिक समिक्षा कार्यक्रममा जानकारी गराइएको थियो ।
कार्यक्रममा बोल्दै सरोकारवालाहरुले कार्यक्रमको प्रभावकारिता बढाउन सबै पक्ष मिलेर काम गर्नुपर्ने सुझाव दिएका छन ।
कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधिहरुले परियोजनासँग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन ।
नगरपालिका प्रमुख मोहन मायाँ ढकालले परियोजनाले गरेका कामको प्रशंसा गर्दै कार्यक्रमलाई अझै प्रभावकारी बनाउनको लागि साझेदारी गरेर अगाडी बढ्ने बताउनुभयो ।