कर्णाली राजमार्गका ठाउँ–ठाउँमा पहिरो

जागरण
सुर्खेत, २२ असोज । लगातारको अविरल वर्षाका कारण कर्णाली राजमार्ग बन्द भएको छ । कर्णाली राजमार्गअन्तर्गत दुल्लु नगरपालिका २ दरबारे भिरमा ठूलो पहिरो गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वर शाहले बताउनुभयो ।
राजमार्गअन्तर्गत धेरै ठाउँमा पहिरो गएको छ । त्यस्तै राजमार्गअन्तर्गत कालीकोट खण्डको सुनारखोला, पिली, दुबारेढुङ्गा र राँचुलीमा गएको पहिरो पन्छाउने काम भइरहेको कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) जयश्वर रिमालले बताउनुभयो ।
लगातारको वर्षाले कर्णाली कोरिडोरसमेत बन्द भएको उहाँले जानकारी दिनुभयो । खहरे खोलामा पानी बढेपछि एक गाउँबाट अर्काे गाउँ जानसमेत समस्या भएको छ । पानीले अन्नबालीमा क्षति गरेको छ ।