जाजरकोट जीप दुर्घटनाः मृतकको संख्या ११ पुग्यो (नामावलीसहित)

जाजरकोट । जाजरकोटमा जीप दुर्घटना ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । एक जना गम्भीर घाइते हुनुभएको छ ।
मृत्यु हुनेमा जीप चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का रहेका छन ।
यस्तै, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा मृत्यु भएको छ ।
यसैगरी २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ञ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । डागाड नगरपालिका–५ का जैमान अधिकारी गम्भीर घाइते हुनुभएको छ ।
सोमबार दिउँसो करिब ४ बजेको समयमा कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप दुर्घटना परेको हो ।
मध्यपहाडी सडकखण्ड अन्तरर्गत जाजरकोटको छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा जीप दुर्घटनामा परेको हो । जीप सडकबाट २०० मिटर तल खसेको छ ।