सुर्खेतलाई सुरक्षित राजधानी बनाउने एसपी थापाको प्रतिबद्धता


सुर्खेत, १७ पुस ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक योगेन्द्रसिंह थापाले लागू सुर्खेतलाई सुरक्षित प्रदेश राजधानी बनाउने बताउनुभएको छ ।
सुर्खेत जिल्ला प्रहरी कार्यालयको प्रमुखका रुपमा सरुवा भएर आउनुभएका थापाले आइतबार पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनुभएको हो । कर्णाली प्रदेशको राजधानी भएकाले सुर्खेतलाई सुरक्षित सहर बनाउने आफ्नो प्रयत्न रहने उहाँले बताउनुभयो । शान्ति सुरक्षाका हिसाबले सुरक्षित सहर बनाउन नागरिक, समुदाय, स्थानीय तथा प्रदेश सरकार लगायत सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने भएकाले हातोमालो गर्नका लागि पनि उहाँले आग्रह गर्नुभयो ।
यस्तै सुर्खेतमा पछिल्लो समय बढ्दै गएको लागूऔषध सेवन तथा कारोवार नियन्त्रणका लागि पनि योजना बनाएर काम गर्ने एसपी थापाले बताउनुभएको छ । लागू औषधले व्यक्ति, परिवार समाज हुँदै राष्ट्रलाई नै हानी पु¥याउने उल्लेख गर्दै एसपी थापाले लागू औषध नियन्त्रणका लागि योजनाका साथ काम गर्ने बताउनुभयो ।
सुर्खेत पछिल्लो समय लागू औषध कारोबारका लागि हब बन्दै गएको छ । बाँके, कैलाली लगायतका जिल्लाबाट सुर्खेत हुँदै कर्णालीका अन्य जिल्लामा समेत लागू औषध ओसारपसार हुने गरेको छ ।