स्थापना दिवसका अवसरमा रक्तदान


सुर्खेत, २६ जेठ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १८ औँ स्थापना दिवसका अवसरमा सुर्खेतमा रक्तदान कार्यक्रम गरिएको छ ।
महासंघको कर्णाली प्रदेश समिति र सुर्खेत जिल्ला समितिले शुक्रबार वीरेन्द्रनगर नगरअस्पतालमा रक्तादान कार्यक्रम सम्पन्न गरेका हुन् । नगर अस्पताल वीरेन्द्रनगरसंगको समन्वयमा आयोजना गरिएको कार्यक्रममा १२ जनाले रक्तदान गरेका छन् । उद्घाटनमा बोल्दै नेकपा एमाले कर्णाली प्रदेश सदस्य पद्मा खड्काले रक्तान कार्यक्रमले सामाजिक सेवालाई थप प्रबद्र्धन गर्न प्रेरित गर्ने बताउनुभयो । उहाँले महासंघमा आवद्ध स्वास्थ्यकर्मीह?ले उत्कृष्ठ सेवा प्रवाह गरेर उदारणिय बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेकपा एमाले सुर्खेतका जिल्ला कमिटि सदस्य गंगाराम तिमिल्सेना, महासंघका कर्णाली प्रदेश अध्यक्ष अमर राना, जिल्ला अध्यक्ष हस्तराज गिरी लगायत अन्य स्वास्थ्यकर्मीह?को उपस्थिति रहेको थियो ।