अपाङ्गता भएका व्यक्ती र सरोकारवाला विच अन्तरक्रिया

 

दिनु भण्डारी
सुर्खेत, ०९ असार । अपाङ्गता भएका व्यक्तीहरु र सरोकारवाला निकायहरु विच अन्तरक्रिया कार्यक्रम गरिएको छ । समाज जागरण केन्द्र स्याक नेपालले संचालन गरिरहेको पावर ए वाई परियोजनाको आयोजना, वीरेन्द्रनगर नगरपालिकाको समन्वय, परिलक्षीत संस्था, डेक सुर्खेत, एडिसि सुर्खेत आईएनएफ सुर्खेत र कोशिष नेपालको सहकार्यमा शुक्रबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
अपाङ्गता भएका बालबालिका र सराकारवालाहरु विच छलफल तथा उनिहरुको समस्या पहिचान गर्ने र समाधानका लागी पहल गर्ने उद्देश्का साथ अन्तरक्रियाको आयोजना गरिएको पावर परियोजनाका कार्यक्रम संयोजक तेज सोनामले जानकारी दिनुभयो ।
कार्यक्रममा अपाङ्गता भएका १६ जना व्यक्तीहरुले आफ्नो समस्याहरु सरोकारवाला समक्ष राखेका थियो । उहाँहरुको समस्यालाई सराकारवाला संस्थाहरुले विभिन्न खालको सहयोग गर्ने प्रतिबद्धता गरिएको छ ।
हाल पावर परियोजनाले १८ देखी २४ वर्ष सम्मका युवाहरुलाई आय आर्जन र व्यावसायीक सिप विकासका तालिमहरु संचालन गरी स्वरोजगारी सृजना गर्ने, लघुउद्यम विकास तथा जिवन उपयोगी तालिम प्रदान गर्ने, कक्षा ९ देखी १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि ब्रसरी सहयोग गर्ने लगातका कार्यहरु संचालन गर्दै आइरहको परियोजना संयोजक सोनामले जानकार िदिनुभयो ।
यस्तै परियोजनाले किशोर किशोरीमैत्री स्वास्थ्य कर्नर स्थापना, स्वास्थ्यचौकिहरुमा अपाङ्गमैत्री खानेपानी तथा सरसफाईको पहुचमा सहयोग , सौचालय नभएका घरधुरीहरुलाई शौचालय निर्माणमा सहयोग गर्दै आईरहेको छ ।
परियोजना मार्फत संचालित सम्पुणै क्रियाकलापहरुमा अपाङ्गता भएका बालबालिका, महिला तथा सिमान्तकृत समुदालाई पहिलो प्रथमिकता दिईएको परियोजना संयोजक सोनामले जानकारी दिनुभयो ।