सुर्खेतमा २०२३ को हाल सम्म ५९ वटा मानव अधिकार उल्लङ्घनका घटना ।

सुर्खेत, १३ असार । सुर्खेतमा सन् २०२३ को हाल सम्म मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ५९ वटा घटना भएका छन् । जसमा सबैभन्दा धेरै माहिला तथा माहिला तथा बालबालिका माथी बढी ज्यादतीका घटना हुने गरेको पाइएको छ ।
हालसम्म महिला माथी ४४ घरेलु हिंसाका भएका छन् । भने ७ वटा बलत्कारकार घटना भएका छन् बलात्कारमा अधिकासं बालिका पिडित भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा आज नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को लागि सुर्खेत जिल्लामा संकलित घटनाको अर्ध वार्षिक पूर्व समिक्षा कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कमा सुर्खेत जिल्लामा २ वटा हत्याका घटना भएका छन् ।
यसैगरी यो ६ महिनाको अबधिमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ६ वटा कुटपिटका घटना भएका छन् । भने ७८ जना विभिन्न घटनाबाट पीडित भएका इन्सेक सुर्खेत जिल्ला प्रतिधि प्रभा रावतले जानकारी दिनुभयो ।
समीक्षा कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोग सुर्खेतका प्रमुख लोकनाथ बास्तोलाले घरेलुहिंसा र बालात्कार घटना बढ्नुले महिला अझपनि आफ्नो अधिकारको प्रयोग गर्नबाट वञ्चित रहनुपर्ने अबस्था रहेको उल्लेख गर्नुभयो ।
यस्तै कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरिक्षक योगेन्द्र सिहं थापाले मानव माथी हुने विभिन्न खालका हिंसा न्युनिकरणमा प्रहरी प्रशासन कहीकतै चुकेको भन्दै यस्ता घटनामा न्युनिकरण ल्याउनमा आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले मानव अधिकार हनन र ज्यादतीका घटनामा कमी ल्याउनका लागि विशेष गरी मानवअधिकार रक्षक संजाल मार्फत काम गर्ने प्रयास गरेको जानकारी दिनुभयो ।