संबैधानिक प्रक्रिया पूरा गरेर बाँके र बर्दियालाई कर्णालीमा समावेश गर्नुपर्छ: कंडेल


सुर्खेत,३ असाेज ।
नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा कर्णाली प्रदेश संसदीयका नेता यामलाल कंडेलले बाँके र बर्दियालाई पनि कर्णालीमा समावेश गर्नुपर्ने बताउनुभएकाे छ ।
संविधान दिवसका अवसरमा कचहरी प्रेस क्लबले वीरेन्द्रनगरमा आयाेजना गरेकाे कार्यक्रममा आफ्ना भनाई राख्दै कंडेलले संवैधानिक प्रक्रिया पूरा गरेर छिमेकी जिल्ला बाँके र बर्दियालाई कर्णालीमा समावेश गर्न लाग्नुपर्ने बताउनु भएकाे हाे । संविधानजारी गर्दा नै कर्णाली प्रदेश रगत बगाएर प्राप्त भएकाे स्मरण गर्दै भाैगाेलिक र सामाजिक साँस्कृतिक रूपमा जाेडिएका बाँके र बर्दियासहितकाे प्रदेश बनाएकाे भए उत्कृष्ठ प्रदेश हुने जिकिर गर्नुभयाे । अब समझदारीपूर्वक उक्त प्रयासकाे थालनी गर्नुपर्ने कंडेलकाे भनाई छ । सुन्दर संविधान प्राप्त गर्दा पनि गर्नेले काम गर्न नसक्दा संविधानमाथि प्रश्न उठिरहेकाे उहाँकाे भनाई छ ।