प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखकाे आवश्यकता महशुस भएकाे छ : मुख्यमन्त्री शर्मा


सुर्खेत, ३ असाेज ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखकाे आवश्यकता महशुस भईसकेकाे बताउनु भएकाे छ ।
कचहरी प्रेस क्लबले संविधान दिवसका अवसरमा आज वीरेन्द्रनगरमा आयाेजना गरेकाे कार्यक्रममा मुख्यमन्त्री शर्माले यस्ताे बताउनु भएकाे हाे । माओवादी केन्द्रले संविधानमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखकाे व्यवस्था राख्ने चाहेकाे भएपनि सहमति नभएकाेभन्दै अहिले त्यसकाे आवश्यकता महशुमहशुस भए संविधान संशाेधन गर्नुपर्ने उहाँकाे भनाई थियाे । अहिलेकाे संविधान उत्कृष्ट हुँदा हुँदै समय अनुकुल परिमार्जन गर्नुुपर्ने भएकाले कुनै धर्मग्रन्थ जस्ताे अपरिवर्तनीय नबुझ्न आग्रह गर्नुभयाे ।