अब कर्णाली प्रदेश प्रहरीमा क्यूआर कोड बाटै उजुरी दिन मिल्ने


सुर्खेत, ०५ मंसिर । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले क्युआर कोडमार्फत उजुरी दिन सक्ने गरी क्यूआर कोड सार्वजनिक गरेको छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलनको आयोजना गरी क्युआर कोडको सार्वजनीक गर्दै कर्णलीबासिले प्रदेश प्रहरी कार्यालय वा मातहतका कार्यालयमा उजुरी दिनसक्ने जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख एवम डिआइजी भिम प्रकाश ढकालले कर्णलीको सुरक्षालाई राम्रो बनाउने लक्ष्यका साथ प्रहरी कार्यालयले सुरक्षित कर्णाली निर्माण गर्न विभिन्न सात ओटा अभियान सञ्चालन गरेको बताउँदै कर्णालीका नागरिकले सुरक्षित र सहज रुपमा सुरक्षा सेवा पाउन क्यू आर कोड सार्वजनिक गएिको बताउनुभयो ।
कर्णाली प्रदेश प्रहरीले अन्तरक्रियात्मक गस्ती परिचालन, यात्रुमैत्री अभियान तथा निशुल्क निवेदन लेखन अभियान घरघरमा स्टिकर टाँस अभियान लगाएत विभिन्न अभियान संचालन पश्चात प्रहरीमा नागरिकको गुनासो आउने क्रममा वृद्धी भएको बताउँदै प्रंहरी प्रमुख ढकालले क्युआर कोडको माध्ययमबाट उजुरी दिन सक्ने व्यवस्थाको सुरु गरिएको बताउनुभयो ।
नागरिकलाई सुरक्षाप्रतिको विश्वास बढाउन, नागरिकसँग नजिक हुन, नागरिकलाई सहज सेवा प्रदान गर्न र नागरिकलाई सेवा लिन जाँदा दुःख नहोस भनेर यो सेवा सुचारु गरिएको जानकारी दिनुभयो उहाँको भनाई रहेको थियो । .
डिआइजी ढकालका अनुसार क्यू आर कोडमार्फत आएका गुनासालाई तीन प्रकारमा वर्गिाकरण गरिएको छ ।
जसअनुसार अति जरुरी प्रकारको उजुरी आएको खण्डमा तत्कालै एक्सन लिने, जरुरी प्रकारको भए तीन दिनभित्र र साधारण खालको भए पाँच दिनभित्र उजुरीको छानविन गरि उजुरीकर्तालाई जानकारी दिइने बताउनुभयो ।
उनले उजुरीकर्ताको गोपनियता कायम राखेर कानूनी कारवाही प्रक्रिया अघि बढाउने बताउनुभयो ।
डिआइजी ढकालले कर्णालीलाई सुरक्षित बनाउन विभिन्न अभियान सुरु गरिएको बताउँदै कर्णालीका तीन लाख ७१ हजार १२५ घरमा स्टीकर टाँस अभियान सुरु गरिएको बताउनु भएको छ । जसअनुसार हालसम्म २ लाख २७ हजार ४२४ घरमा स्टीकर टाँस गरिएको जानकारी दिनुभयो ।
यस्तै, सुरक्षा अभियान अन्र्तगत अन्तरक्रियात्मक गस्ती अभियान अन्र्तगत सात हजार दुई सय ६२ ओटा सम्पन्न गरिएको छ । यात्रुमैत्री अभियानबाट दुई लाख भन्दा बढी नागरिकले सेवा लिएको बताउँदै डिआइजी ढकालले कर्णालीमा १५ सय ६५ जना नागरिकलाई निःशुल्क निवेदन लेखन कार्य सम्पन्न भएको हो ।