एमाले सुर्खेतकाे अधिवेशन फागुनमा गर्ने निर्णय

सुर्खेत,२१ पुस । नेकपा एमाले सुर्खेतकाे नवाैं जिल्ला अधिवेशन यही फागुनमा हुने भएकाे छ। आज वीरेन्द्रनगरमा बसेकाे जिल्ला कमिटि बैठकले फागुन ४,५,६ गते वीरेन्द्रनगरमा अधिवेशन गर्ने निर्णय गरेकाे हाे ।

माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गरीसक्ने पार्टी केन्द्रकाे निर्णय अनुसार अधिवेशनकाे मिति तय गरिएकाे एमाले सुर्खेतका सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिनुभयाे । २०७८ पुसमा भएकाे आठाैं अधिवेशनबाट अमृत कुमार विसीकाे नेतृत्वमा जिल्ला कमिटि चयन भएकाे थियाे ।

एमालेकाे सङ्गठन विभागले आगामी माघ महिनाभित्रमा सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गर्न निर्देशन गरेकाे छ ।