तीन महिने अभियानमा जुट्यो एमाले सुर्खेत


सुर्खेत, १५ माघ ।
नेपाल कम्युनिष्ट पार्टी एमालेले देशव्यापी रुपमा सञ्चालन गर्न लागेको वडा केन्द्रीत अभियान अन्तर्गत जिल्ला कमिटि सुर्खेतले आफ्ना विभिन्न कार्यक्रम तय गरेको छ ।
सोमबार वीरेन्द्रनगरमा बसेको जिल्ला कमिटी सुर्खेतको चौथो पूर्ण बैठकले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने अभियानका लागि २०८१ माघ, फागुन र चैत्र महिनामा सञ्चालन हुने तीन महिने वडा केन्द्रित अभियान सुरु गर्ने निर्णय गरेको हो । मंगलबार पत्रकार सम्मेलन मार्फत बैठकका निर्णय सार्वजनिक गर्दै एमाले सुर्खेतका प्रचार तथा प्रकाशन विभाग प्रमुख गंगाराम तिमिल्सेनाले अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय पालिका कमिटीका बैठक तय गरिएको जानकारी दिनुभयो ।
प्रतिनिधिसभा र प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी बैठक फागनु १ गतेसम्म तथा माघ १६ देखि २४ गतेसम्म नौ वटै पालिका कमिटीको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ । अभियानकै क्रममा सम्बन्धित पालिका कमिटीमा रहेका जिल्ला कमिटी सदस्य, पालिका कमिटी तथा वडा कमिटीका पदाधिकारीहरू सहभागी हुनेगरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने,कम्तिमा एक तिहाइ युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्ने र पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने, जनसंगठनहरूको सदस्यता विस्तार व्यापकरूपमा गर्ने बैठकले निर्णय गरेको छ । यस्तै एमाले पार्टीको नेतृत्व र सहभागिताका तीनै तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमूनायोग्य कामलाई जनसमुदायको बीचमा प्रचारप्रसार गर्ने, जनतासँग प्रत्यक्ष संवाद गर्नेगरी आधारभूत तहका पार्टी कमिटी तथा सदस्यहरू जनताको घर–घरमा पुग्नेगरी कार्यक्रम तय गर्ने, मिथ्या सूचना र भ्रमहरूको चीरफार गरी जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने र विकास निर्माण तथा जनसरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै सशक्त रूपमा आवाज उठाउने लगायतका निर्णय गरेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्दै जिल्ला कमिटि सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले व्यवस्थाप्रति नै अविश्वास सिर्जना गर्नेगरी भैरहेका षडयन्त्रणको चिरफार गर्न आवश्यक रहेको बताउनुभयो । अभियान अन्तर्गत जनताका पीर मर्का, समस्या र सवालहरु बुझेर सम्बन्धित नेतृत्व तहमा सुझाव पेश गर्ने उहाँले बताउनुभयो । केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला इन्चार्ज नवराज रावतले पार्टी संरचनाको जरासम्म पुग्नेगरी अभियान संचालन हुन लागेको जानकारी दिनुभयो । विगतमा एमालेले संचालन गरेको मिसन ग्रासरुट जस्तै सदस्य तहसम्म पुग्नेगरी अहिलेको अभियान सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो ।
यस्ता छन बैठकका निर्णय