कर्णालीका पच्चिस प्रतिशत ग्रामिण भेग बिजुलीको पहुँच बाहिर


माघ २६ , सुर्खेत । कर्णाली प्रदेशका ग्रामिण भेगवासी अझै विजुलीको पहुँचभन्दा बाहिर रहेको पाइएका छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको ‘चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१÷८२’ मा कर्णालीका २५ प्रतिशतभन्दा बढी ग्रामिण भेगमा बिजुली विस्तार हुन नसकेको पाइएको हो ।
समग्रमा नेपालका ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको भएपनि कर्णालीका ग्रामिण भेगमा भने ७४.८ प्रतिशत घरपरिवारमा मात्र सेवा पुगेको छ । समग्रमा भने कर्णालीमा ८०.८ प्रतिशत घरपरिवारमा बिजुली बिस्तार भएको छ । यद्यपि यो अन्य प्रदेशको तुलनामा कम रहेको तथ्यांकले देखाएको छ ।
देशभर कुल ९६.७ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको भएपनि सहरी क्षेत्रमा ९८.२ प्रतिशत र ग्रामीण भेगमा ९३.७ प्रतिशत विद्युत सेवा पुगेको तथ्यांकले देखाउँछ ।
सबैभन्दा धेरै गण्डकी प्रदेशमा ९९.५ प्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको छ । यो करिब सतप्रतिशत हो ।
कोशीमा ९७.२ प्रतिशत (सहरी भेगमा ९८.८ प्रतिशत र ग्रामीण भेगमा ९७.२ प्रतिशत) घरपरिवारमा विद्युत् सेवा पुगेको छ । मधेसमा ९८ प्रतिशत, सुदूरपश्चिमको ७८.२ प्रतिशत र काठमाडौं उत्पकाकामा करिब सतप्रतिशत घरपरिवारमा विद्युत् सेवा पुगेको पाइएको छ ।