सुर्खेत, १० माघ (जागरण) । कर्णाली प्रदेशका अधिकांश जिल्लाका सडक स्तरउन्नती हुने भएको छ । जिल्लाका विभिन्न स्थानमा यातायातको सहजताका लागी सडकको स्तरउन्नती हुने भएको हो ।
सरकारले आर्थिक वर्ष २०६४/०६५ देखि निर्माण थालेको मध्यपहाडि लोकमार्ग आयोजना जाजरकोट खण्डमा ८ बर्ष पछि पिचको काम अगाडि बढेको छ ।
आयोजना ट्रयाक खोलिएको ८ बर्ष पछि पिचको काम थालिएको हो । ३० महिना भित्र आयोजनाको काम सक्ने गरी निर्माण कम्पनीलाई जिम्मा दिइएको छ ।
मध्यपहाडी लोकमार्ग आयोजना (पश्चिम खण्ड) दैलेखले जाजरकोट खण्डको कुदु देखि कार्कीगाउँसम्मको ३५ किलोमिटर सडक पहिलो चरणमा पिचको काम सुरु भएको हो ।
गत असारमा ठेक्का सम्झौता भएको आयोजनाको काम १ अर्व रुपैया लागतमा शर्मा सिंह एण्ड ब्रदर्श जेवी काठमाण्डौले लिएको छ ।
यस्तै रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिका–१, स्थित जिल्लाको मुख्य बजारको मुख्य सडकको स्तरोन्नति हुने भएको छ ।
कालिका मन्दिरदेखि बह्राटाकुरासम्मको झन्डै एक किलोमिटर सडकको स्तरोन्नति हुन लागेको हो ।
सघन सहरी विकास कार्यक्रमअन्तर्गत खलंगा बजारको मुख्य सडकमा पार्किङ टायलबिछ्याएर स्तरोन्नति गरिनेछ ।
सडक स्तरोन्नतिको क्रममा व्यवस्थित ढल निकास पनि बनाइने भएको छ । सडक स्तरोन्नतिका लागि भ्याटसहित दुई करोड ७१ लाख रुपैयाँमा ठेक्का सम्झौता भसकेको छ ।