प्रधानमन्त्री कप महिला क्रिकेटमा कर्णाली पराजित

काठमाण्डौँ, ५ असार (जागरण) । प्रधानमन्त्री कप टी–ट्वाइन्टी महिला क्रिकेटमा प्रदेश नम्वर तीनले कर्णाली प्रदेशलाई पराजित गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै तीन नम्वर प्रदेशले पहिलो जित निकालेको हो ।
कञ्चनपुरको महेन्द्रनगरमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्वर तीनले २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ५६ रन बनायो । जवाफमा कर्णाली प्रदेश १५ ओभर तीन बलमा मात्र ६६ रनमा अलआउट भयो ।