वुद्धी पुन ।
सल्यान, १८ भदौ (रेडियो राप्ती) । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सल्यान बिगत साढँे ३ बर्ष देखी कार्यालय प्रमुख बिहिन रहेको छ । केन्द्रमा कार्यालय प्रमुख नहुदाँ कार्यालय प्रशासन सञ्चालन तथा दैनिक रुपमा कामकाज गर्न समस्या भएको आर्युबेद स्वास्थ्य केन्द्रले जनाएको हो ।
केन्द्रमा कार्यरत प्रमुख डाक्टर रुपेन्द्र पुरी सुरुवा भएर २०७२ साल चैतमा जानुभएको थियो । उहाँले सरुवा भएर गएपछि नयाँ प्रमुख नआउदाँ समस्या भएको छ ।
अहिले आर्युबेद स्वास्थ्य केन्द निमित्तको भरमा सञ्चालन हुदैँ आएको छ । केन्द्रमा प्रमुख नहुदाँ कार्यालयका कामकाज गर्न समस्या भएको निमित्त प्रमुख घनश्याम न्यौपानेले बताउनुभयो । उहाँले कार्यालयको प्रशासनिक काम देखी केन्द्रमा उपचारका लागी आएका जटिल प्रकारका बिरामीहरुको उपचारमा समेत समस्या भएको बताउनुभयो ।
जिल्ला आर्युबेद स्वास्थ्य केन्दमा ७ जना कर्मचारीको दरबन्दी हो । तर अहिले ४ जना कर्मचारी मात्रै कार्यरत रहेका छन । दरबन्दी अनुसार कर्मचारी नहुदाँ कामकाज गर्न समस्या भएको छ ।