खड्क सुनार
मुगु ३० भदौ (रेडियो सौर्यदय) । यति बेला मुगुका केही गाउमा स्याउ टिप्ने चटारो उत्तिकै चलेको छ । विहान बेलुका रात दिन भोक प्यास नभनि यहाका स्याउ कृषकहरु आफ्नो स्याउ बगैचामा व्यस्त देखिन्छन् । जिल्लाको छायानाथ रारा नगरपालिका भित्र रहेका केही गाउहरुमा असारे महिनामा हरियाली देखिन्छन्, भने भदौ , असोज महिनामा स्याउका बगैचामा राताम्मे देख्न सकिन्छ ।
यतिबेला मुगु जिल्लाका स्याउ किसानलाई स्याउ टिप्ने चटारो रहेको पाईएको छ । मुगुका बाम, ताल्चमा रहेको मैतु , रोवा, शोभा, खमाले सेरी लगायतका क्षेत्रमा स्याउको पकेट क्षेत्र मानिन्छ । यस क्षेत्रका स्याउ किसान स्याउ टिप्न व्यस्त छन् ।
स्याउ ढिलो टिपे कुहिने र बिक्री नहुने समस्याले स्याउ किसान धमाधम स्याउ टिपेर बगैँचा खाली गर्न थालेका छन । २० वर्ष पहिले स्याउ कात्तिकमा पाक्ने भएको भए पनि मौसम परिवर्तनले भदौमा स्याउ पाक्न थालेका किसान भैर बुढाले जानकारी दिनु भयो ।
बजारीकरणको समस्याले स्याउ कसरी खपत गर्ने भन्ने चिन्तामा छन् यहाँका स्याउ कृषकहरु ।
(अडियो सहित)