६ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन


माघ १, काठमाण्डौ । सरकारले चालू आर्थिक वर्ष २०८२÷८३ को ६ महिनामा ५ खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
अर्थ मन्त्रालयकाअनुसार यो रकम पुससम्मको लक्ष्यको ८१ दशमलव ७५ प्रतिशत हो । सरकारले चालू आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा पुससम्मको लक्ष्य ७ खर्ब ११ अर्ब २१ करोड रुपैयाँ तय गरेको थियो । तर वास्तविक सङ्कलन लक्ष्यभन्दा करिब १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँले कम रहेको छ ।
पुस ३० गते एकैदिनमा २० अर्ब २६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार आन्दोलनलगायतका कारण लक्ष्य प्राप्तिमा समस्या भएको हो । मन्त्रालयले राजस्व चुहावट रोक्दै आउँदा दिन लक्ष्यअनुसार राजस्व उठाउन सबै मातहतका निकायलाई निर्देशन दिइरहेको प्रवक्ता पाण्डेयले बताउनुभयो ।