पटाका जथाभावी प्रयोग नगर्न प्रहरीको आग्रह

सुर्खेत, ९ कात्तिक (जागरण) । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पटाका किनबेच तथा प्रयोग नगर्न अनुरोध गरेको छ । जिल्लाभर पटाका विक्रि वितरण, ओसारपसार भइरहेको भन्दै यसो नगर्न प्रहरीले अनुरोध गरेको हो ।
प्रहरीले सुचना जारी गरेर नागरिक, व्यापारीलाई सचेत गराएको छ । यहाँका व्यापारीहरुलाई पटाका प्रहरीलाई बुझाउन पनि भनेको छ । अनुसन्धान गरिरहेको डिएसपी प्रताव बहादुर क्षेत्रीले यस्तो जानकारी दिनुभयो ।
मुलुकी अपराध (संहिता) मा पटकालाई बिष्फोटक पदार्थमा परिभाषित गरेको र यसको विक्रि वितरण, ओसारपसार गरे कानुन बमोजिम कारवाही गरिने डिएसपी क्षेत्रीले जानकारी दिनुभयो ।
प्रहरीले पटाका विक्रि वितरण, प्रयोग गरेको पाइए कारवाही गर्ने पनि बताएको छ । यस्तै जिल्ला प्रहरी कार्यालयले पटाका सहित ३ जनालाई पक्राउ पनि गरेको छ ।